काठमाडाैं । युवा गायक दुर्गेश थापा समातिएको केही दिनपछि पपगायक भनेर चिनिने समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् ।

‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै भिटेनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख सहकुल थापाले बताउनुभयो ।

अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गीत गाएको भन्दै भिटेनलाई पक्राउ प्रहरीले जनाएको छ ।

यसअघि विवादमा तानिएका दुर्गेश थापालाई पनि प्रहरीले समातेर माफि मगाएपछि छाडेको थियो ।

तपाईको प्रतिक्रिया