उदयपुर । उदयपुरमा विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । मंगलबार साँझ ५ः४५ बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ७ चुहाडे झुलुङ्गे पुल नजिक मे.६ प ९५३९ नम्बरको मोटर साइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् ।
मादक पदार्थ सेवन गरेर मोटर साइकल चलाउने त्रियुगा नगरपालिका ५ देउरीका चालक २४ वर्षिय दिपेन्द्र रानामगर र पछाडी सवार सोही ठाउँका २२ वर्षिय सुशिल थापा गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए । मादक पदार्थ सेवन गरी तिव्रगतिमा मोटर साइकल चलाउँदा अनियन्त्रित भई नालामा खसेको थियो । दुर्घटनामा दुवै जनाको टाउको, नाकमा चोट लाग्नुको साथै कानबाट रगत बगिरहेकोले अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको जिल्ला अस्पताल बोक्सेमा प्राथमिक उपचार गरी थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।
यस्तै गत शुक्रबार चौदण्डीगढी नगरपालिका १० मदन भण्डारी स्मृति राजमार्ग स्थित देवधारमा भएको सवारी दुर्घटनामा घाइते पैदल यात्री ७६ वर्षिय झोलाई चौधरीको सोमबार मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५ख ८८०१ नम्बरको बसले पैदलयात्रीको उपचारको क्रममा विराटनर्सिङ होममा मृत्यु भएको हो । बस र बसका चालक चौदण्डीगढी नगरपालिका– ६ का ३३ वर्षिय ईश्वर खत्री ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया