उदयपुर । उदयपुरमा अटो दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन् । बेलका नगरपालिका ५ स्थित घुम्नेमा स.१ ह १७५० नम्बरको अटोमा क्षमता भन्दा बढी यात्रु बोकेपछि आफै अनियन्त्रीत भई दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएको छ ।
दुर्घटनामा भारत हरियाना बस्ने ३६ को गणेश विक गम्भिर घाइते भएका छन् । दुर्घटनामा भारत हरियानाकै ३५ वर्षिय चम्पा विक, ९ वर्षिय मनिसा विक र ५ वर्षिय युनिक विक घाइते भएका छन् । गणेश विकको देव्रे खुट्टा दुई ठाउँमा भाँचिनुको साथै टाउको, नाकमा चोट लागेर गम्भिर घाइते भएको हो ।
सोही अटोमा चौदण्डीगढी नगरपालिका ३ बस्ने १७ वर्षिय गगन राई, बेलका नगरपालिका ४ वस्ने १७ वर्षिय अनिस राई समेत घाइते भएका छन् । घाइतेहरुको थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जानकारी दिएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









