काठमाडौं । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् ।
चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जबरजस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।
बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए । तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन् ।विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ । प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ ।
११ जना मानिसहरुलाई प्रहरीले यतिबेला नियन्त्रणमा लिएको छ । मेक्सिकोमा खासगरी लागुऔषध तस्करहरुले मेयर तथा राजनीतिज्ञमाथि आक्रमण गर्ने गर्दछन् ।
विकास निर्माणको विषयमा मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया