उदयपुर । उदयपुरमा सुमोको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ । उदयपुर कटारी नगरपालिका २ गरास स्थितमा सुमोको ठक्करबाट मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका ९ लदाहभिर बस्ने अन्दाजी वर्ष ३४ को रूपेन कुमरको मृत्यु भएको हो ।
शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगाबाट धरान तर्फ जाँदै गरेको को १ ज ३४२३ नम्बरकोको सुमोले बिपरित दिशाबाट आईरहेको ज.५प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक कुमर गम्भिर घाईते भएका थिए । घाइते कुमरको मिर्चैया अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागि धरान तर्फ लैजाने क्रममा साँझ सवा ७ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सुमो, सुमो चालकलाई प्रहरी चौकी बेलसोतको नियन्त्रणमा रहेको छ ।









