उदयपुर । उपभोक्ता हित सरंक्षण समितिले कटारी नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न खाद्यपदार्थ बिक्री–वितरण पसलहरुमा अनुगमन गरेको छ । आर्थिक विकास शाखा प्रमुख राम शरण महतोको संयोजकत्वमा नगर भित्रका पसलहरु अनुगमन गरिएको हो ।
बेलसोत, गरास, खोक्सा र कटारी बजार क्षेत्रमा रहेका किराना स्टोर, मिनीमार्ट, खाद्य स्टोर लगायतका पसलमा अनुगमन भएको उपभोक्ता हित संरक्षण समिती संयोजक भीम कुमारी राउतले बताए । अनुगमनमा दर्ता नभएको, मूल्य सूची नराखेको, म्याद गुर्जेको समानहरु, केही पसलहरुमा नविकरण समेत नगरेको फेला परेको आर्थिक विकास शाखा प्रमुख राम शरण महतोले जानकारी दिए । उनका अनुसार अनुगमनबाट ५० हजार भन्दा बढीको सामान बरामद गरेर नष्ट गरिएको बताए ।नगरपालिकाले यसअघिको स्वास्थ संस्थाहरुको समेत अनुगमन गरी विना दर्ता मापदण्ड बिपरीत रहेका स्वास्थ सस्थाहरुमा शील गरेको थियो । टोलीले म्याद नाघेका खाध्य सामग्री, कस्मेटिक समूहको सामग्री,मदिरा समेत नस्ट गरेको छ ।

तपाईको प्रतिक्रिया