उदयपुर । पछिल्लो समय नेपाली समाज कति भयावह बन्दैछ भन्ने उदाहरण एक होइन अनेक छन् । मूलतस् बालिका बलात्कारका घटनाहरुको आँकडा केलाउँदा जो कोहीको रन्थनाउन पुग्छ । प्रहरीसम्म नपुगेका घटनाहरु कति छन् यत्तो पत्तो छैन । तर, प्रहरीमा उजुरी पुगेका बलात्कारका घटनाहरु उदयपुरमा कहालिलाग्दो छ । चार वर्षमा १ सय १० बलात्कारका घटना प्रहरीमा दर्ता हुनुले यसलाई सहज रुपमा लिन सकिने विषय हैन ।
समान्यतयाः विश्वासै गर्न नसक्ने घटनाहरु फेला परेका छन् । आफन्त, विरामी, अपाङ्गता भएका, गर्भवती, ७ वर्षिय बालिकादेखि हजुरआमासम्म यो अपराधको शिकार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा १९ वटा बलात्कारको घटना घटेका थिए । यस्तै २०७३÷७४ मा १६ वटा, २०७४÷७५ मा ३१ वटा, २०७५÷७६ मा ३९ वटा र चालु आर्थिक वर्षको दुई महिनामा ५ वटा बलात्कारको घटना घटेको छ ।









