काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन् ।
मंगलबारै सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ ।
राजीनामा पत्रमा महराले, ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु’ उल्लेख गरेका छन् ।
संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् ।
यस्तै सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सोमबार एक महिलाले महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकि थिइन् । आरोप पछि त्यसको खण्डन गरेका महराले मंगलबार मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीनामा दिइसकेका छन् ।
यौन दुर्व्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । यस्तै प्रहरीले कल डिटेल र सामाजिक सञ्जालमार्फत भएका कुराकानीबारे समेत अनुसन्धान थालेको छ । सोमबार सञ्चारमाध्यमबाट ति महिलाले महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।









