फाइल तस्विर

मुर्कुची / बालअधिकार चेतना समुहका पदाधिकारीको क्षमता अभिबृद्धी गर्ने उदेश्यले उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा क्षमता अभिबृद्धी तालिम सञ्चालन गरिएको छ ।
इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्वेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्र्तगत समुहका पदाधिकारीलाई तालिम दिइएको हो । बुधबारसम्म सञ्चालन हुने तालिममा रौतामाई गाउँपालिकाको ४ र उदयपुरगढी गाउँपालिकाको २ बिद्यालयका ३९ जना बालबालिकाको सहभागिता रहेको छ ।
तालिममा रौतामाई गाउँपालि ७ को माध्यमिक बिद्यालय मुर्कुची, आधारभूत बिद्यालय पुँवारे, माबि रानीबास, वडानं ८ को मावि भारतजोर पाँवु, उदयपुरगढी गाउँपालिका ८ को मावि खाटडाँडा, वडानं ७ को मावि हाडेबासका बालबालिकाको सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेक अभियान, बालअधिकारको एतिहासिक विकासक्रम, बालबालिका को हुन, बालअधिकार के हो, बालकदेखि बालकसम्मको सोचाइ बारे छलफल, बालश्रम कारण र परिणाम, बालभित्ते पत्रिका बारे चिनारी बारे जानकारी दिइएको छ ।
त्यसैगरी बिद्यालयमा बालमैत्री शुसासन र सुचकहरु, बालअधिकार महासन्धि र बालबालिका सम्बन्धि ऐन तथा नियमावली, वालयौन दुव्र्यवहार के हो र यसले पार्ने असर न्युनिकरणका लागि सरोकारवालाहरुको भुमिका, बालअधिकार चेतना समुहको जिम्वेवारी तथा योजना निर्माणका बारेमा जानकारी दिइएको छ ।
तालिममा इन्सेक प्रदेशनं १ का प्रमुख सोमराज थापा, कार्यक्रम अधिकृत वागमता कट्टेल, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, वडा बाल संरक्षण तथा सम्र्वद्धन समितिका संयोजक दुर्गा एसकेले सहजिकरण गरेकाछन् ।

तपाईको प्रतिक्रिया