काठमाडौं । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन् । महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन् । आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको हाम्राकुरा अनलाइन पोर्टलमा अजयबाबु शिवाकोटीले सामाचार लेखेको छ ।
मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए । स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले । उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो । बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो । अनुहार र जीउको नीलडाम देखाउँदै उनले भनिन, ‘एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले ।’ जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन् । महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन् । महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के । तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ । जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको स्नेहाले बताईन । आइतवार सोहि मातहतको प्रहरी घटनास्थल पुगि सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो । घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ । उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ ।
पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे । उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए । समामुखले भने महिलाको आरोपमा निराधार भएका बताएका छन् । कर्मचारीले समायोजनामा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराको भनाई छ ।









