उदयपुर । उदयपुरमा लागू औषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ जलजले चोकबाट बुधबार राती लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार सोही वडा निवासी २० वर्षीय अमोद महतोलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्रा पर्नेको साथबाट डाईजोल्याव ११ एम्पुल, लुपिजेसिक १२ एम्पुल र फेनारागन १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेको महतोलाई थाप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।









