उदयपुर । उदयपुरमा ५ लाख ५० हजार चोरी गरी फरार रहेको एक जना पाँचथरको फिदिम बजारबाट पक्राउ परेको छ । तेह्रथुम आठराई गाउँपालिका ३ छातेढुङ्गा निवासी २७ वर्षिय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्रप्रकाश मैनाली पक्राउ परेको हो ।
चौदण्डीगढी नगरपालिका–७ निबासी खड्गबहादु सेन्चुरीको घरमा गत साउन ८ गते दराज फोडेर ५ लाख ५० हजार नगद चोरी गरी फरार भएका थिए । फरार अभियुक्त फिदिम बजारमा लुकीछिपी बसिरहेको अवस्थामा मोबाइल जीपीएस कलर ट्राकिङ प्रविधिमार्फत असोज ६ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले बताए ।

सेन्चुरीकै घरमा काम गर्न बसेका मैनालीले चोरी गरी फरार भएको थियो । पक्राउ परेको मैनालीको साथबाट ७० हजार नगद, चाँदको ब्रास्लेट तथा सिक्री र १ थान मोवाइल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको मैनाली माथि थप अनुसन्धान भई राखेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

तपाईको प्रतिक्रिया