उदयपुर । उदयपुरको गाईघाटमा संचालन हुने दशैँ तिहार महोत्सव २ दिन पछि शुरु हुने भएको छ । दुई दिनदेखि लगातारको वर्षातले त्रियुगा बसपार्क नजिकै तयारीको अवस्थामा रहेको महोत्सव स्थलमा पानी जमेपछि असोज १ गतेबाट हुने भनिएको मेला असोज ३ गतेबाट शुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा हुन लागेको महोत्सव अन्य महोत्सव भन्दा फरक हो । अन्य महोत्वस भन्दा फरक तरिकाले गर्न लागेको महोत्सव स्थलमा पानी जमेपछि असोज ३ गतेबाट शुरु गर्न लागिएको मुल आयोजक कमिटी संयोजक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार पानीले महोत्सव स्थल जलमग्न भएपछि प्राविधिक कामकाज गर्न कठिनाई भई महोत्सव पछि धकेलिएको जानकारी दिए ।
महोत्सव सर्न जाँदा सर्बसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आयोजकले दुईदिन भित्रमा सम्पूर्ण तयारीको काम सकेर सञ्चालनमा ल्याउने जनाएको हो । महोत्सव १० दिनसम्म चल्ने छ ।
यो पनि पढ्नुस्









