काठमाडौ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद माथि गोली प्रहार भएको छ । अध्यक्ष साउदमाथि गाउँपालिकाको वडा नम्बर ३ मुजाबगरस्थित कोठामा आइतबार साँझ गोली प्रहार भएको डिएसपी जनक शाहीले बताए ।
गोली प्रहार गर्ने ३ जना फरार भएका छन्। गोली प्रहार गर्नेहरू प्रहरीले लखेट्दा लखेट्दै कैलाश खोलामा हाम फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । घाइते साउदलाई उपचारको लागि साँफेबगरमा उपचार भैरहेको छ ।









