
उदयपुर । कुटपिट र वन मुद्धाका फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ बस्ने टोप बहादुर दनुवार पक्राउ परेको छ ।
कुटपिट र वन मुद्धामा फरार प्रतिवादीलाई जिल्ला अदालतले १ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई चौदण्डीगढी नगरपालिका ९ इकराहा टोलबाट पक्राउ परी जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।









