
उदयपुर / उदयपुरमा ६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । कटारी नगरपालिका– ३, राजाबासमा ६ वर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका १९ वर्षिय गणेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपी गिरीले बालिकालाई बलात्कार गरेको जाहेरी दर्ता भएपछि ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो ।
पक्राउ परेको गिरीलाई जिल्ला अदातलबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।









