
सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित पक्राउ परेकन छन् । सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका यादव इजलास ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् । आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेको थिए ।









