अधिकारी सचिव रहँदा पदको दुरूपयोग गरी केही उम्मेदवारलाइ जबरजस्ती हस्ताक्षर गराई अवैधानिक तरिकाले व्यक्तिगत तर्फको सदस्य पदमा मनोनयन गरी अन्य २ व्यक्तिगत सदस्यलाइ उम्मेदवार फिर्ता गर्न दवाब दिएको र निर्विरोध गर्ने कोशिष गरेपछि सो कुराको साधारणसभामा बिरोध हुँदा निर्वाचन स्थगन भएको र पछि समझदारीमा अधिकारीलाइ जिल्ला सदस्य स्वीकारेको अबस्था यस्तो समाचार प्रकाशन हुनु खेदजनक रहेको बिज्ञप्तीमा उल्लेख छ ।

पद बाँडफाडका लागि नयाँ कार्यसमिति चयन गर्ने प्रकृयामा चुनाबमा जान अधिकारीले इन्कार गरेको पुनः एक दिन कार्यसमिति चयन सहमति गर्न निर्वाचन समितिले एक दिने समय थप गरेको, अत्यमा कार्यसमिति सदस्यहरूको बहुमतका आधारमा कार्यसमितिका पदाधिकारीहरु चयन भएको, पुस्प अधिकारी र भगिरथ राजबंशीले दावी गरे अनुरूपको पद नपाएका कारण बिवाद सृजना भएको अबस्थामा संस्थाको माइन्युटको फोटो खिचेर केही मिडियामा दिएको र संस्थाको गरिमामा आँच आउने गरी भ्रम छर्न खोजेको अबस्थामा संस्थाका छबि धमिल्याउने प्रयास गरेको भन्दै संस्थाले रोष प्रकट गरेको छ ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) सुनसरीको यही भाद्र २१ गते शुरु भएको अधिबेशन २३ गते सम्पन्न निर्बाचनबाछ समितिको अध्यक्षमा बिशाल बाँस्तोला ,उपाध्यक्षमा खड्गप्रसाद ओझा, सचिब टिकाराम न्यौपाने सहसचिव सुरेशचन्द्र दाहाल कोषाध्यक्ष महेन्द्र गुरागाँइ, सदस्यहरु पुष्प अधिकारी, अनिश भट्टराई, भगिरथ राजबंशी र दीपनारायण यादव सदस्य निर्बाचित भएका छन् ।
राजवंशिले लिए सफत

यसैबिच अाज एक कार्यक्रमका बिच सदस्य पदमा बिजयी उम्मेदबार भगिरथ राजबंशीले सफत ग्रहण गरेका छन् । अस्ति बिशेष कारणबस कार्यक्रममा उपस्थित हुन नसकेका राजबंशीले जिल्ला सदस्य पदमा सफतग्रहण गरेका हुन् । कार्यक्रममा केन्दिय सदस्य ठाकुर कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बलराम भण्डारी लगायत हरूकाे उपस्थिती रहेकाे थियाे । उनले कार्यसमिती सदस्यहरूकाे सर्वसम्मत निणर्यलाइ कदर गर्दै सफत लिएकाे बताएका छन् । उनले अाफु सम्काे संस्थालाइ याेगदान गर्ने समेत बताए ।





कम्प्युटर एशोसिएसन सुनसरीको नेतृत्वमा आफु पराजित हुने निश्चित भएपछि पुर्ब सचिब समेत रहेका पुष्प अधिकारीले अनेक हर्कत गरेका छन । हुँदै नभएको आरोप लगाउने देखि मिडियालाई समेत भ्रम छरेर उनले गुम्राहमा पार्ने कोशिष गरेका छन ।




