मोरङ / धनकुटा घर भई दमक आफन्तकोमा बस्दै आएकी १५ वर्षीय बालिकालाई बसभित्रै जवर्जस्ती करणी गर्न खोजेको आरोपमा बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना. ६ ख ९३४४ नम्बरको यात्रु बाहक बसका चालक मोरङ रङ्गेली नगरपालिका–३ का ३७ बर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ बर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले गत २२ गते दिउँसो बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई ललाईफकाई पथरी शनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजारमा ल्याई साँझ साँढे ६ बजेको समयमा जवर्जस्ती करणीको प्रयास गरेको थियो ।
करणीको प्रयास गर्ने क्रममा बालिका चिच्याएर भाग्न खोज्दा सहचालक न्यौपानेले जवर्जस्ती हात समाई बसभित्र लान खोज्दा पीडित बालिकाले पुनः प्रतिकार गरी चिच्याएको र स्थानीयले घटनाबारे थाहा पाई प्रहरीलाई सूचना दिए पश्चात तत्काल इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई कानूनी कारवाही प्रकृया अगाढी बढाईएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया