
उदयपुर । उदयपुरका एक बालकको पिङ खेल्ने क्रममा मृत्यु भएको छ । आप्mनै घरको दलानमा केटाकेटी खेल्न लगाइएको सारीको पिङ खेल्दाखेल्दै अल्झिएर पासो लाग्दा जिल्लाको रौतामाई गाउँपालिका ८ पाँबुका १२ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अभिभावक मेलापात गएका बेला एक्लै घरमा पिङ खेल्दै गरेका मगरको सारी अल्झेर घाँटीमा बेरिएपछि पासो लागेर मृत्यु भएको मृतकका बाबु टेकबहादुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए । उनका अनुसार शुक्रबार मध्यान्हको घट्नाबारे दिउँसो खवर पाएलगत्तै इलाका प्रहरी कार्यालय रौतामाई भुटारको टोली घट्नास्थल पठाइएको थियो । टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी फर्किसकेको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल गाईघाट ल्याइपु¥याइएको छ भने घट्नाबारे विस्तृत अनुसन्धान सुरु भएको डिएसपी केसीले बताएका छन् ।









