उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या भएकोमा उदयपुरका बिभिन्न मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय देश ब्यापी रुपमा समाजमा महिला तथा बालिकाहरु माथि चरणबद्ध रुपमा भएको बिभिन्न खालका हत्या हिंसा तथा बलात्कारका घटना बढेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित अमला भञ्याङ्गका १३ वर्षिय बालिका एल्जिना खड्काको रहस्यमय हत्या प्रति सामाजिक अभियान्ता, नागरिक समाज, पत्रकार र मानव अधिकारवादी संघसंस्थाहरु घोर निन्दा एव बिरोध गर्दछौ भनि उल्लेख गरिएको छ । दिनानुदिन यस्ता घटनाहरु बढ्दै जानुले महिला तथा बालिकाहरु कहि कतै सुरक्षित नभएको हाम्रो ठम्याई छ । यस्ता घटनालाई न्यूनिकरण गर्न अभियान मुलक कार्यक्रम सञ्चालन गर्दै घटनामा संलग्न दोषिलाई यथाशिध्र पक्राउ गरि कडा भन्दा कडा कानुनी दायरामा ल्याउन सरोकारवाला निकायलाई आग्रह गर्दछ ।
तिहारको अबधि भरमा मात्र उदयपुरमा ५ वटा बलात्कारको घटना भएकाले यस्तो गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न महिला मावन अधिकारीकर्मि, नागरिक समाज, महिला मावन अधिकार रक्षक सञ्जाल, बाल हेल्पलाईन, गैसस महासंघ जोडदार माग गर्दै भनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया