उदयपुर । सँगै ज्युने सँगै मर्ने कसम खाएर बिबाह बन्धनमा बाँधिएकी कुन श्रीमतिलाई आप्mनै श्रीमान यमराज बन्छ भन्ने कल्पना होला ? तर, उदयपुरकी मञ्जु आलेमगरको जीवनमा यो अकल्पनीय घट्ना हुन पुग्यो ।
सोमबार साँझ श्रीमान श्रीमति बीच भएको सामान्य घरायसी विवादले बेलका नगरपालिका ५ की ३० वर्षीया मञ्जुको मृत्युको कारण हुन पुग्यो । बिबादको क्रममा श्रीमान तीर्थ आलेमगरको कुटाईबाट गम्भीर घाईते भएकी मञ्जुको मंगलबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटाईबाट घाईते भएकीउनलाई राति नै उपचारार्थ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
उपचारकै क्रममा मञ्जुको मंगलबार ११ः०० बजे मृत्यु भएको धरान प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आप्mनै कुटाईबाट घाईते श्रीमतिलाई उपचार गर्न गएका तीर्थ त्यही पक्राउ परेका छन् । मृतकको लास धरानमै पोष्टमार्टम गरेको छ । तीर्थलाई थप अनुसन्धानका लागि उदयपुर ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।









