उदयपुर । उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ परेको छ । गत बुधबार साँझ ६ बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सशंकित सवारी साधन तथा मानिसहरुको चेक जाँचको क्रममा दुई जना लागूऔषध कारोबारी पक्राउ परेको थियो ।
सार्वजनिक सवारी साधन विङ्गरमा सबार भई लहानबाट गाईघाट तर्फ आउँदै गरेको सिरहा जिल्ला अर्नामा गाउँपालिका १ बस्ने २७ वर्षिय जिहाबुल मन्सुरी र ऐ.ऐ.बस्ने २५ वर्षिय तवारक अन्सारीलाई लालपत्ता प्रहरी चौकीले पक्राउ गरेको थियो । पक्राउ पर्नेको साथबाट अवैध लागूऔषध डाइलेक्स डिसी २८ थान समेत बरामद भएको लालपत्ता प्रहरी चौकी इन्चार्ज इन्द्रदेव यादवले जानकारी दिए ।
पक्राउ परेका दुबैलाई सोधपुछ गर्दा उक्त लागू औषध त्रियुगा नगरपालिका १० बोक्सेका ३४ वर्षिय योगेश घिमिरेलाई ल्याई दिएको थियो । उनीहरुको प्रारम्भिक वयानको आधारमा तत्काल योगेश घिमिरेको घर कोठा लगायतका स्थानहरुको खान तलासी गर्दा ट्वाईलेट छेउमा जुटको बोराभित्र लुकाई छिपाई राखेको प्रयोग गरी सकेको अवस्थाको लागू औषध डाइलेक्स डिसी प्रयोग गरेको ३१ फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेको सवैलाई आवश्यक अनुसन्धान भैरहेको जानकारी दिए ।




तपाईले छुटाउनु भयो कि ?
उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क









