उदयपुर । उदयपुरमा गत वर्ष साउन १ गते मंगलबार विपी चोक स्थित कोषराज दाहालको काश्यप मोबाइल पसल फोडेर चोरी गर्ने एक जना पुर्पक्षका लागि बुधबार करागार चलान भएको छ । काश्यप मोबाइल पसल फोडेर फरार रहेका भारत मोतिहारी जिल्ला झारौखर थाना विजाजती पञ्चायत वडा नं. ११ अठमोहन बस्ने ३२ वर्षिय सुरेश साह ५ लाख धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि जिल्ला कारागार उदयपुर चलान भएको हो ।
काश्यप मोबाइल चोरी गरे लगतै गोरखामा सुन चोरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका साहलाई गोरखा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा उदयपुरको काश्यप मोबाइल पसल चोरी गरेको खुलेको थियो । गोरखामा पनि धरौटी तिर्न नसकेर कारागार चलान गरेको थियो ।
गोरखा कारागार चलान भएकै अवस्थामा यस जिल्लामा मोबाइल चोरीको आरोपमा अनुसन्धान गर्नु पर्ने भएकोले यहि साउन ११ गते उदयपुरमा झिकाई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार अनुसन्धानकै क्रममा सुरेश साह सहित ८ जनाको समूहले मोबाइल पसल फोडेर चोरी गरेको रहेछ । चोरी गर्नेहरुमा भारतै जावेद आलम, भाग अन्सारी, अंगेश कुमार, नईम आलम, भोला सहनी, संजय सहनी, फर्याज आलम समेत रहेको अनुसन्धानबाट खुलेको छ । उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
नगर प्रहरीहरुको आवत जावत हुने ठाउँ नगर प्रहरी चौकी देखि करिव ढेड सय मिटरको फरकमा रहेको कश्यप मोबाइल पसलमा फोडेका थिए । काश्यप मोबाइल पसलबाट सटर काटेर ३९ लाख ८३ हजार १ सय ५३ रुपैया बराबरको महंगो मोबाइल चोरी गरेर फरार भएका थिए । यस्तै अपरिचत समूहले नै गत असार १७ गते बैंक लाइनको चुरिया सप्लार्य एण्ड टे«डर्स आइएमइ फुटाएको दृश्य पनि सिसि क्यामराको फुटेजमा देखिन्छ ।
यो पनि पढ्नुस्
गाईघाटमा चोरीको घटना बढ्दो

तपाईको प्रतिक्रिया