उदयपुर । उदयपुरमा खोलामा पौडी खेल्ने क्रममा डुवेर मंगलबार दिउँसो एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका ८ थलिया स्थित ललरी खोलामा गंगाबहादुर पुलामी मगरका ११ वर्षिय छोरा हर्कबहादुर पुलामी मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
थलिया चार जना बालकहरु खोलामा पौडी खेल्न गएका समयमा पौडिन नसकेपछि मृत्यु भए भने अन्य सकुशल रहेको कटारी नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३ वर्ष अगाडी बाबु दोस्रो विवाह गरेर काठमाडौं बस्दै आएको समयमा आमा मेलापात गएको समयमा बच्चाहरु पौडी खेल्न गएको समयमा डुबेर मृत्यु भएको बताए ।
मृतक बालकको पोष्टमार्टमका लागि शव कटारी अस्पाल ल्याउने कार्य भैरहेको इलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेम सागर केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया