उदयपुर । उदयपुरमा ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मोबाइल जीपीएस कलर ट्राकिङ प्रविधिमार्फत पक्राउ गर्न सफल भएको छ । काठमाडौंमा लुकीछिपी बस्दै आएका त्रियुगा नगरपालिका ५ दमौतीका ३३ वर्षिय होम बहादुर कार्कीलाई घर आउने क्रममा मोबाइलको जीपीएस कलर ट्राकिङ मार्फत पक्राउ गर्न सफल भएको हो ।
त्रियुगा नगरपालिका ५ का ३५ वर्षिय मोहन बुढाथोकीलाई २०७३ साल मंसिर २४ गते बन्चरो प्रहार गरी शक्त घाइते बनाई उपपचारको क्रममा न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रतिवादी वारदात मितिबाटै फरार रहि वैदेशिक रोजगारको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहदै निज प्रतविादी (राहदानी नं. ०८५०६११०) को नाममा नेपाल सरकारले २०७५ पुस २ गते रेड कर्नर नोटिस समेत जारी गरेको थियो । खोज तलास भैरहेको क्रममा मलेसियाबाट स्वदेश फर्की काठमाडौंमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रतिवादीको मोबाइल नम्बर निरन्तर जीपीएस कलर ट्राकिङको निगरामीमा रहेका थिए ।
मोबाइलको जीपीएस कलर ट्राकिङको निगरानीमा रहेका प्रतिवादी काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको प्राविधिक सूचना प्राप्त हुन साथ त्रियुगा नगरपालिका ६ लालपत्ताबाट प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भैरहेको छ ।

तपाईको प्रतिक्रिया