उदयपुर । अविरल बर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक युवा वेपत्ता भएको छ । चौदण्डीगढी नगरपालिका ४ स्थित लामा खोला र काली खोलाको संगम स्थलबाट बगाउँदा स्थानीय ३५ वर्षिय मन कुमार तामाङ वेपत्ता भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत संचालित ममन कन्ट्रक्सनको क्रसर उद्योगमा चौकीदार तथा क्यान्टिङ चलाएर बसेका तामाङलाई खोलाले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढा मगरले बताए । उनका अनुसार क्रसर उद्योगकै कुकुर पानीमा बग्न थालेपछि कुकुर बचाउँन जाँदा तामाङ वेपत्ता भएको हो । उनको खोजी कार्य जारी रहेकोले अहिलेसम्म फेला पर्न सकेको छैन् ।









