डि.एन चौधरी, उदयपुर । उदयपुरको एक गाउँमा जाड रक्सी सेवन तथा बिक्री वितरण गर्नमा रोक लगाएको छ । जिल्लाको त्रियुगा नगरपालिका ९ को बरुवा इट्टा भट्टा मुसहरी टोलमा जाड रक्सी सेवन र बिक्री वितरण गर्न बिहिवारबाट रोक लगाएको हो ।
मुसहर बस्तीका युवाहरु ज्याला मजदुरी काम गर्ने र आएको पैसाले एकै दिन जाड रक्सीमा सक्ने हुनाले रोक लगाएको हो । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बाहादुर दनुवार र अस्थाई प्रहरी पोष्ट चुहाडेका साहयक प्रहरी निरीक्षक राम कुमार श्रेष्ठको रोहवरमा उक्त टोलमा जाड रक्सी विक्री वितरणमा रोक लगाएको स्थानिय बस्तीका अगुवा बद्री सदायले बताए । उनले भने, “दलित भित्र मुसहर समुदाय धेरै पछाडि परेको समुदाय हो । यहाँका मानिसहरु दिनभरी ज्याला मजदुरमा काम गर्छन् र राती घर फर्के पछी २ किलो चामल, मासु र बाँकी पैसाको जाड रक्सी खाएर सक्छन् । रातभरी जाड रक्सी खाएर होहल्ला झैझग्डा गरेर हैरान बनाउछन् । ”
उनले भने, “पछिलो समय मुसहर समुदायको महिलाहरु पनि मादक पदार्थ सेवन गरेर दिनै झै झग्डा गर्न थाले, झगडाको कारणले दुई जना युवाहरु आत्म हत्या सम्म गर्न खोजेको र समयमै हामीले थाहा पाउँदा उनीहरुको ज्यान बचाउन सकियो ।”
अव देखि यो वस्तीमा मादक पदार्थ सेवन तथा बिक्री वितरण गर्न नहुने गरी निणर्य गरि रोक लगाइएको वडाध्यक्ष दनुवारले बताए । उनका अनुसार यस मुसहरी टोलमा जाड रक्सी खाएर धरै झै झगडा र मारपिटका घटनाहरु भएको हुनाले यस बस्तीमा जाड रक्सी बिक्री वितरणमा रोक लगाउनु परेको बताए । वडाले पनि लागु औषध दुव्र्यसनी बिरुद्धको अभियान चलाईरहेको बताए ।
अस्थाई प्रहरी पोष्ट चुहाडेका साहयक प्रहरी निरीक्षक राम कुमार श्रेष्ठले मुसहर समुदायमा शिक्षा तथा जनचेतनाको अभावमा यस्ता घटनाहरु भई रहेको बताए । उनले भने, “यहाँ जाड रक्सी नियन्त्रणका लागि समिती बनाएको छ । उनीहरुले नियन्त्रण गर्ने छ ।” टोल टोल बस्ती बस्तीमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको बताए ।
छलफलल बाट जाड रक्सी नियन्त्रणका लागी बद्री सदाको नेत्तृवमा ९ सदस्य समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा बिनोद बि.क., सचिव सन्तोष सदा र सदस्य पुनम सदा लगाएत रहेका छन् । रोक लगाएको मिती देखि पहिलो चोटी मादक पदार्थ सेवन गरेर होहल्ला गरेको पाएमा वा बिक्री बितरण गरिएको पाएमा ५ सय ५१ रुपैया जरीवाना र दोश्रो पल्ट पाएमा १ हजार ५१ रुपैया जरिवना तिर्नु पर्ने निर्णय गरिएको समितीका अध्यक्ष बद्री सदाले बताए ।









