उदयपुर । उदयपुरमा बुधबार अवैध रुपमा अटोमा ल्याउदै गरेको २८ थान सखुवाको काठ बरामद गरिएको छ । बेलका नगरपालिका ९ भचुवा चोकमा स.१ ह २८२७ नम्वरको अटोमा अबैध रुपमा ल्याउदै गरेको २८ थान सखुवाको चिरान काठ बरामद गरिएको हो । भचुवा चोकमा काठ ल्याउँदै गर्दा गस्ति टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सव–डिभिजन वन कार्यालय मैनामैनिमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया