उदयपुर ।उदयपुरमा संचालन भैरहेको छैठौं उदयपुर गोल्ड कपको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मोरङ फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो हाफको खेलमा नेपाल पुलिस क्लब काठमाडौं विरुद्ध टाइब्रेकरमा २–४ को जित निकाल्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाईब्रेकरमा मोरङका विवेक पौडेल, दिपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गरे । नेपाल पुलिस क्लबको तर्फबाट सुमन लामा र दिनेश गुरुङ बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । टाइब्रेकरमा नेपाल पुलिसको तर्फबाट अजित भण्डारीको गोललाई गोल किपरले रोक्न सफल भएभने भरत खवासले पोल बाहिर प्रहार गरेका थिए ।
मोरङका तर्फबाट विकास खवासले आत्माघाती गोल गर्दा खेल २–२ गोलको बराबरीमा टाईब्रेकरमा धकेलिएको थियो । अतिरिक्त समयको खेल नगराई सिधै टाईब्रेकरबाट नतिजा निकालिएको हो । यसअघि खेलको ११ औं मिनटमा मोरङको तर्फबाट नवयुग श्रेष्ठले गोल गरेर अग्रता दिलाएका थिए । त्यो अग्रता ८ मिनेट नपुग्दै खेलको १९ औं मिनेटमा पुलिसका रवि पासवानले गोल गर्दै खेल बराबरीमा ल्याई पुर्याए ।
यस्तै खेलको ४३ औं मिनेटमा मोरङका विकास खवासले आत्माघाती गोल गर्दै खेल १–२ को गोल अन्तरले पुलिस अगाडी रहे ।
तर, खेलको दोस्रो हाफमा मोरङका तर्फबाट पुनः नवयुग श्रेष्ठले गोल फर्काउर्दै खेल २–२ को बराबरीमा ल्याई पुर्याए ।
पुलिसको खेलाडीको तालमेल नमिल्दा खेल टाइब्रेकरमा ल्याई पुर्याएका थिए । पुलिसले अग्रता जोगाउन नसक्नु ठूलो दुर्भाग्य भएको र टाइब्रेकरमा टिमले हार बेहोर्नु परेको हो ।
मोरङका तीन जना राम्रा खेलाडीको अनुपस्थितिमा पनि खेल जितेको प्रति कोच संजीव बुढाथोकीले खेलाडीले खेल उत्कृष्ठ प्रदर्शन गरेकोले जीत हात पारेको बताए । उता पुलिसका कोच अनन्त थापाका अनुसार स्टाइकरको कमजोरीले पुलिस हार व्यहर्नु परेको प्रतिकृया दिए ।

तपाईको प्रतिक्रिया