उदयपुर । थारु समुदायमा आज अखारी पुजा मनाइदै छ । असार महिनाको पहिलो दिन अर्थात एक गतेका दिन थारु समुदायको गाँउमा रहेको डिहवार बाबाको थान अर्थात ग्राम थान (मन्दिर)मा साँझपख पुजा आरधाना गरि यो र्पव मनाइने गरिन्छ । बर्षा सुरु भएसंगै त्यसबाट आउन सक्ने विपत जोखिमका सम्भावित घटनाको क्षतिबाट बच्न डिहवार बावाको पुजा प्रर्थाना गरि असारको पहिलो दिन गाँउका सवै जनाले थानमा दियो बत्ति वाली पुजा गर्ने प्रचलन छ । वर्षा लागेसंगै खेतवारीको काम शुरु हुन्छ । थारु प्रकृतिक पुजक हो त्यसैले कुनै पनि किसिमको अपृय घटना गाँउ समाजमा नघटौस भनेर परापुर्वकाल देखि असारमा अखारी पुजा गर्दै आएको त्रियुगा नगरपालिका वडा ८ उत्तरवारीटोलका थानपति (पुजारी) हरीनरायण दासले बताए । उनका अनुसार, अखारी पुजा गरे पश्चात मात्र खेत बारीमा गव लिने(धान रोप्ने) चलन रेहेकोले यो पर्व अहिले पनि थारु समुदयमा लोकपृय रहेको बताए । उनले पुनः भने बर्षाहुदा सर्प,बिच्छि,बिषालु जनावहरुको बिगबिगीबाट बच्न,अत्याधिक बर्षाले निम्तयाउन सक्ने सम्भावित रोगबाच बच्न,गाउँघर,बालबच्चाको बर्षाले कुनै नोक्सानि नहोस र समयमै खेतीपतीबाट राम्रो उब्जनी रहोस भनेर पनी पुजा गर्ने चलन रहेको छ ।
अखारी पुजामा खिर,लड्डु,नब फलफुल आँप,कटहर चढाएर देवतालाई खुसिपार्न गरिन्छ । सम्पुर्ण गाउँलेहरु बेलुका थान अर्थात मन्दिरमा भेला भई थारु जातीको मौलिक संस्कृी वाजाआजा झाईल मृदंग बजाएर पौराणिक धार्मिक गीत संगितको साथमा धुमधामका साथ सामुहिक रुपमा अखारी पुजा गरि प्रसाद ग्रहण गर्ने चलन छ ।









