उदयपुर । छैटौँ उदयपुर रमपम गोल्डकपको दोस्रो दिनको खेलमा घरेलु मैदानको सदुपयोग गर्दै उदयपुर ११ विजयी भएको छ । थरूहट रंगशाला गाईघाटमा आइतबार भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा झापा ११ लाई शुन्यको विरुद्ध विरुद्ध १ गोल गर्दै उदयपुर ११ विजयी भएको हो ।
निकै प्रतिसपर्धात्मक खेलमा पहिलो हाफको ३८ औं मिनेटमा उदयपुर ११ का जर्सी नंं १५ का खेलाडी दिपक गुप्ताले गोल गर्दै खेल १ गोलको अग्रता दिलाएका थिए । उनले खेल प्रवेश गरेको १ मिनेटमै गोल गरेका थिए । उदयपुर ११ का गुप्ताको गोल नै जीतको लागि निर्णायक बनेको हो । २ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा ११ ले फितलो खेल प्रदर्शन गर्दा हार व्योहोर्नु परेको थियो। घरेलु दर्शकको साथ पाएको उदयपुर ११ ले उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो चरण सुरक्षित गरेको हो।  झापाले दुई दर्जन कर्णल किक र ८ वटा भन्दा बढी फ्रिकिक मौका पाएपनि कुनै कर्णल किक र फ्रि किक सदुपयोग गर्न पाएनन् ।  झापा ११ ले गोल गर्ने निकै मौकाहरु गुमाएपछि अन्ततः खेलबाट बाहिरिन पुगेको हो ।
उयदयपुर ११ को घरेलु मैदानमा समर्थकको उत्साहजन उपस्थितिले पनि घरेलु टिमलाई खेल जित्न सजिलो भएको हो । बल उदयपुर ११ को कोर्ट भित्र रहेपनि झापा ११ ले कुनै पनि गोल गर्न सकेनन् ।
प्रतियोगिताको म्यान अफ दि म्याच उदयपुर ११ का दिपक गुप्ता घोषित भए । उनले नगद ७ हजार प्राप्त गरे । उनलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुरस्कार वितरण गरे । यस्तै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उदयपुर ११ का सम्पूर्ण खेलाडीहरुलाई जनही ५ हजार दिने घोषणा समेत गरेको छ ।
यस्तै सोमबारको खेल मोरङ ट्रेनिङ्ग मोरङ र नेपाल प्रहरी क्लब काठमाडौं विच हुने छ ।
विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। एसियन थाइफुड्स प्रालि र गैंडा छाप सिमेन्टको मुख्य प्रायोजन गरेको हो। प्रतियोगिता प्रदेश १ मा आयोजना हुने ठूला दुई प्रतियोतिहरू बुढा सुव्वा गोल्डकप र विराट गोल्डकप पछिको ठूलो प्रतियोगिता भएको एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया