उदयपुर । छैटौँ उदयपुर गोल्डकपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव विजयी भएको छ । थरूहट रंगशाला गाईघाटमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको न्यु स्टार फुटबल क्लबलाई १ का गोलका विरुद्ध २ गोल अन्तरले हराउँदै एपिएफ विजयी भएको हो ।
निकै प्रतिसपर्धात्मक खेलको दुवै गोल दोस्रो हापमा भएको थियो । दोस्रो हाफको १२ औँ मिनेटमा एपिएफका जर्सी नम्बर ९ का प्रविण सेन्तेहाङ्ग गोल गरेर खेललाई अग्रता दिलाएका थिए । तर, खेलको २८ औं मिनेटमा न्यु स्टार फुटबल क्लवल सुनसरीका ८ नम्बर जर्सीका अरुरेल इनामेले एक गोल गर्दै खेला बराबरी अंक बनाएका थिए ।
पुनः दोस्रो हापकै ३८ औँ मिनेटमा एपिएफकै जर्सी नम्बर ११ का नवीन लामाले गोल गर्दै आफनो टिमलाई विजयी बनाएको आयोजकले जानकारी दिएको छ । शुरुवाती चरणबाटै आक्रमण खेल खेलको एपिएफले गोल गर्न भने दोस्रो हापसम्म कुर्नु परेको थियो । तीन जना विदेशी खेलाडी लिएर मैदानमा प्रवेश गरेको सुनसरीले सोचे अनुरुप प्रर्दशन गर्न नसक्दा पहिलो खेलमा नै हार व्यहोर्न बाध्य बन्यो । खेलमा न्यू स्टार फुटबल क्लब सुनसरीका जर्सी नं. ६ का विकास तामाङले एल्लो कार्ड पाएका थिए ।
प्रतियोगिताको म्यान अफ दि म्याच एपिएफका नवीन लामा घोषित भए ।उनले नगद ७ हजार प्राप्त गरे । यस्तै, आईतबार झापा ११ र आयोजक उदयपुर ११ बीच खेल हुने आयोजकले जानकारी दिएको छ । छैठौँ संस्करणको रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताका मुल व्यवस्थापन समितिका संयोजक रमाकान्त चौधरीकाअनुसार नेपाल प्रहरी, संकटा क्वल काठमाण्डौ र गोर्खाव्वाईज क्लव रुपन्देहीले सहभागिता जनाउने भएका छन् । झापा फुटवल क्लव झापा, मोरङ ट्रेनिङ क्लब विराटनगर र आयोजक उदयपुरले प्रतिस्पर्धा गर्दै छन ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख रुपैँया नगद र विभिन्न विधामा नगद १० हजारले सम्मान पाउने गरी तयारी गरिएको मुल व्यवस्थापन समितिका कोषाध्यक्ष ज्ञानेन्द्र मगरले जानकारी दिए । एक लाख राशिबाट सुरु भएको प्रतियोगिता छैठौँ संस्करणमा आईपुग्दा ५ लाख पुगेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । एसियन थाइफुड्स प्रालि र गौँडाछाप उदयपुर सिमेन्टले मुख्य प्रायोजन गरेको हो । प्रतियोगिता प्रदेश नम्बर १ मा आयोजना हुने ठूला दुई प्रतियोतिहरू बूढासुब्बा गोल्डकप र विराट गोल्डकप पछिको ठूलो प्रतियोगिता हो ।










