उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित झुलुङ्गे पुल नजिक स्कुटर दुर्घटनामा परि एक युवा गम्भिर घाइेत भएको छ । मुर्कुर्चीबाट गाईघाटतर्फ आईरहेको स. १० प ५८७६ नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ३ बस्ने २३ वर्षिय मिलन थापा गम्भिर घाइते भएको छ ।
गम्भिर घाइतेको जिल्ला अस्पतालमा सामान्य उपचारपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले बताए । उनको टाउँकोमा गम्भिर चोट लागेको छ । स्कुटर तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक र स्कुटर पनि कुलोको पानीमा पुगेको थिथो ।

तपाईको प्रतिक्रिया