लहान । सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाष कुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको औरही गाउँपालिका–२ को २१ वर्षीय गंगाराम मण्डल खत्वेलाई पक्राउ गरेको हो ।
अपहरण गरेको यादवलाई गत २०७५ फागुन ९ गते भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको थियो । उनको उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा खत्वेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया