इटहरी । इटहरी उपमहानगरपालिकाका मेयरद्वारिकलाल चौधरीले प्रेस जगतलाई आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहान्छु भन्दै विज्ञप्ती जारी गरेको छ । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै सो धारणा व्यक्त गरेका हुन । उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दुःख व्यक्त गरेका छन् । उनले इटहरी उपमानगरपालिका पत्रकारहरुको पक्षमा सधै लाग्ने समेत बताएका छन् । उनले भ्रष्टचार विरुद्धको शून्य सहनशिलताको अभियानमा एकजुट हुन पनि अपिल गरेका छन् ।









