उदयपुर । सुनकोशी नदीमा बगेर एक १२ वािर्षय बालकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र शनिबार बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढा मगरले जानकारी दिए ।
बालकलाई नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा शनिबार दिउँसो ४ बजे घटनास्थल देखि केही तल मृत अबस्थामा बालकको शव फेला परेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया