उदयपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) त्रियुगा नगर समितिको आयोजनामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजन एकेडेमीका विद्यार्थी प्रथम र तृतिय स्थान हासिल गरेको छ भने ककनी मोडेल स्कुलका विद्यार्थीले द्वितिय स्थान हासिल गरेको छ ।


एनप्याब्सन त्रियुगा नगर समितिको वार्षिक कार्यक्रम अन्तर्गत ज्योति बोर्डिङ स्कूल बहेडवामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजन एकेडेमी त्रियुगा नगरपालिका ३ का विद्यार्थी निशान राई प्रथम स्थान हासिल गरेका छन भने सोही विद्यालयका छात्रा सलिना बुढाथोकी तृतिय स्थान हासिल गरेका छन् । यस्तै ककनी मोडेल स्कुलका डेविड चौधरीले द्वितिय स्थान हासिल गरेका थिए ।

https://www.facebook.com/142883269764985/photos/pcb.363348791051764/363347881051855/?type=3&__tn__=HH-R&eid=ARCvBrvhPhLrPZEMezpOgcSNYObu9W4kGICPZ3XctoUrcP3xbtsfPsz4gKoTqW1uNb6WY0NZe1mqbF3Z&__xts__%5B0%5D=68.ARCzSgHwqgOcD7w7SKrJlIXi_ipt1gKBxtVluTYfLoKV-EEdzFoQKb7Gusl9-vc6I-EkiJOzCvxNS1fyqTadX4Fw31_7iehFIh9oyeAcYk382uqkuS35mpT0T91A5q8l3F2wo7qxoUApJBfOpdV7t3_sqmft2UwqqsbLueghziYyZZ7heSW3wzJLG3HIr15JSLGjuRWnLTXRSCIA3t4D5LwdM0QGKwPoRoPTG9xr_W5vGEc2nNVzAEtHJvjPa5xn6iQLnoggOU95GpOW98ulJ9qyZciJjd548PdJvRguLnODaJcO_5OHlxGK13SHd1tDpr8nLfMIGPQVO1pidIJeVpo

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । प्रतियोगितामा त्रियुगा नगरपालिका एनप्याब्सनमा आवद्ध रहेका १० वटा विद्यालयको ३० जनाले सहभागी जनाएको थियो । प्रतियोगिताको अध्यक्षता नवराज सिंह ठकुरी रहेका थिए भने संचालन इश्वर काफ्लेले गरेका थिए ।

तपाईको प्रतिक्रिया