उदयपुर । नेपाल दनुवार समाज उदयपुरको नेतृत्वमा केदार दनुवार चयन भएका छन् । त्रियुगा नगरपालिका ८ वैरनीमा शुक्रवार सम्पन्न प्रथम अधिबेशनले केदार दनुवारको नेतृत्वमा ११ सदस्य समिति चयन भएको छ । केदार त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्य समेत हुन् ।
यस्तै उपाध्यक्ष गणेश दनुवार, सचिबमा सैनध्वज दनुवार, सहसचिवमा अमर बहादुर दनुवार, कोषाध्यक्षमा रन्जु दनुवार सहित ११ सदस्य कार्य समिति गठन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य सन्जा दनुवारले आफ्नो जातीय पहिचानको लागि आफू निरन्तर लागिरहेको र सबै दनुवार समुदायका युवा पुस्तालाई आफ्नो जातीय पहिचान र अधिकारका लागि एकजुट हुन आव्हान गरेकी हुन् । समाजले २०७२ सालदेखि दनुवार समुदायको हक हितका लागि काम गर्दै आईरहेको समाजका संस्थापक अध्यक्ष शारदा दनुवारले बताईन् । उनले आगमी दिनमा दनुवार संग्रहालयको स्थापन गर्न, मातृभाषा खोज अनुसन्धन गर्न, दनुवार संस्कार र सस्कृतिको संरक्षण गर्न र समुदायमा सचेतना मुलक कार्यक्रम आयोजना कदम चाल्नु पर्ने बताईन् ।
त्रियुगा नगरपालिका ८ बैरेनीमा नेपाल दनुवार समाज उदयपुरको आफ्नै भवन समेत निर्माण भएको छ ।









