फाइल तस्विर

उदयपुर । उदयपुरमा लागूऔषध गाँजासहित ६ जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोवार गर्ने ६ जनालाई प्रहरीको टोलीले गएराती विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा १ किलो गाँजा सहित रौतामाई गाउँपालिका ७ बस्ने बर्ष २२ को युवराज मगर सहित ६ जनालाई पक्राउ गरेको जानकारी दिए । ‘जम्मा ६ जना पक्राउ गरेका छौ,’ उनले भने, ‘दुई जना चाँही गाँजा कारोवारी हुन भन्ने जानकारीमा आएको छ, अन्य चार जनाको बारेमा अनुसन्धान भइरहेको छ, युवराज बाहेक सवैको नाम गोप्य राखेर अनुसन्धानमा छौं ।’

तपाईको प्रतिक्रिया