
हिजो नै न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनता सँगमा पत्रकार रवि लामिछाने सँगको अन्तावार्ता पछि मेयर काण्ड थप पेचिलो बन्दै गएको छ । नाँकको डाँडी भाच्ँने भन्ने शब्दका वरिपरि बहसहरु चलिरहेका छन् । सबैभन्दा पहिला पत्रकार रवि लामिछानेलेनै प्रयोग गरेको नाँकको डाँडि भाँच्न मन छ भन्ने कुरा मेयरले कार्यान्वयननै गर्न खोजेपछि विषय थप पेचिलो बन्दै गएको थियो ।
रविको सिधा कुरा जनता सँग कार्यक्रम प्रस्तुत भै सकेपछि नाँकको डाँडी भाँच्ने भन्ने शब्दकै कारण केहि प्रश्नहरु रवि तिर पनि तेर्सिएका थिए ।
हिजोको कार्यक्रममा रवि लामिछानेले मेयर चौधरीको तरिका सहि नभएको भन्दै बाररम्बार प्रश्न गरेका थिए तर त्यहि प्रकृतीको शब्द चयन स्वयमं प्रश्नकर्ता रविले पनि विगतमा गरेको भन्दै चौतर्फी रुपमा प्रश्न तेर्सिए पछि रविले पनि अन्तत मुख खोल्दै मेयर द्धारिकालाल चौधरीकै पक्षमा आफुलाई पनि उभ्याएका छन् ।
आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रविले आफुले मेयर चौधरीको इमान्दारीताको विषयमा कुनै प्रश्न नगरेको बरु यसलाई अर्को तरिकाबाट पनि गर्न सकिन्थ्यो भन्ने मात्रै आफ्नो आशय रहेको स्पष्ट पार्दै रविले यो देशमा द्धारिकालाल चौधरीहरु अरु पनि चाँहिने बताएका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत नै रविले आफुले नाँकको डाँडि भाँच्छु भन्ने शब्द कुन प्रसंगमा भनेको भन्ने समेत स्मरण गराउँदै भ्रष्ट फटाह हरुको नाँकको डाँडि भाँच्न अझै पनि मन भएको स्पष्ट पारेका छन् ।
सामाजिक संजाल फेसबुकमा रवि लामिछानेले यस्तो लेखेका छन् लिंक हेर्न यहाँ क्लिक गर्नु होस्
‘मेयर द्वारिका चौधरीको इमान्दारीतामा कुनै प्रश्न गरेका छैनौ।यस्ता हक्की नेता चाहिन्छपनि।मात्र यति हो कि उनी संयमित भएर प्रस्तुत हुन सक्थे।सुन काण्डमा SSP ले पत्रकारलाई किक हानेको वेलामा मैले टुडिखेल, किक र नाक को डाडी वाला प्रसङ्ग उठाएको थिए।त्यो भिडियोको टुक्रा मात्र हेरेर थाहा हुदैन पुरै हेर्नू पर्ने हुन्छ। बर्षौ देश लुट्ने नकचराहरुलाई टुडिखेलमा राखेर उडेर एक एक किक हान्न मन त अझै पनि छ तर “मन छ” भन्नू र फलानो मान्छेलाई टुडिखेलमा राखेर किक हान्छु हान्छु भनेर तोकेरै भन्नू मा फरक छैन र? उहालाई इमानदार होइन भनेकै छैन तर निर्वाचित जन प्रतिनिधिले मान्छे तोकेरै सिद्याउछु भन्नू हुदैन्थ्यो। भ्रष्टाचारीलाई फासी दिनु पर्छ भनेर माग गर्न पाइयो तर फलानो नाम गरेको भ्रष्टाचारिलाई म आफ्नै पैसा खर्च गरेर फाँसी दिन्छु भनेर घोषणा गर्न पाइदैन कि? फेरिपनि भन्छु, भ्रष्टहरु तर्साउन द्वारिका चौधरीहरु चाहिन्छन।’










