राजेन्द्र महतो, लाहान । सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै बन्दैन् । उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता सिराहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले सार्वजनिक भएको छ ।

सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो । सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भईरहेको अवस्था देखिएको सतर्ककता केन्द्रले गरेको अध्ययनले देखाएको छ ।
घुस लिने क्रममा अख्तियार दुरुपयपोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउ समेत गरेका छन् ।
अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत सिरहा, जिल्ला समन्वय समितिका एक इन्जिनियर, कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
सिरहाको १७ स्थानीय तह मध्ये १० वढी पालिका माथी अख्तियारमा उजुरी परेको छ । सिरहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस विना काम नगरिदिने अवस्था रहेको छ । सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टि पनि चर्को रहेको सतर्कता केन्द्रले गरेको अध्ययनको निष्कर्ष छ ।









