सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– १० स्थित प्रयागपुर चौकमा बिहीबार राति बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।
ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौं जाँदै थियो । विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
११ जनालाई विराटनगर रेफर गरिएको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।
घाइतेमध्ये १५ जना समान्य, १० जना मध्ययम र ५ जना गम्भीर छन् ।
घाइतेको सूची
१. ढलक बहादुर खडका, ढल्केबर नपा ९, धनुषा
२. दिपेन्द्र यादव, सिरहा नपा ९ गुलरिया, सिरहा
३. हरि शंकर साह, कटहरिया ५ रौतहट
४. रंजन साह
५. निर्मला राउत, सबैला ४ धनुषा
६.आरएन राउत (निर्मलाको छोरा)
७. पुष्पा यादव, जनकपुर ९
८. हिमाकुमारी कामत, मिर्चैया नपा ६ सिरहा
९. भुलीदेवी कापर, मिर्चैया नपा ६, सिरहा
१०. विजय साह, मिर्चैया नपा ५ सिरहा
११. सिद्धान्त सिंह, जनकपुर ९ धनुषा
१२. पवन साह, मिर्चैया नपा ५ सिरहा
१३. राकेश कुमार यादव, मंलगवा
१४. अनितादेवी राउत, धनुषा
१५. कविता कुमारी महतो, सिरहा
१६. राजाबाबु कुमार पटेल, मोतिहारी भारत
१७. संजय कुमार पटेल, मोतिहारी भारत
१८. दिपक पटेल, मोतिहारी भारत
१९. सुभाष पटेल, मोतिहारी भारत
२०. पुनम राउत, धनुषा
२१. सतेन्द्र यादव, मोतिहारी भारत
२२. विरेन्द्र महतो ९ सह चालक०
२३. निषा चौधरी, धनुषा विरेन्द्र बजार
२४. मुनिदेवी दास, सुखिपुर, सिरहा
२५. हेमनारायण दास, सुखिपुर
२६. निर्मला राउत, सबैला ४ धनुषा
२७. साजन राउत, सिरहा
२८. रामप्रताप राउत, नगराइन नगरपालिका ८ धनुषा
२९. एक जना चोट पटक लाग्दा बोल्न नसकेको घाइते
३०. रामशरण यादव (ट्रक चालक) धनुषा नपा ८, धनुषा











