
सिरहा । सिरहाको विहिबार राती बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा ना. ८ ख ९८२ नम्बरको पूर्व झापाबाट काठमाण्डौं जादैँ गरेको प्राइम बस र पश्चिमबाट आइरहेको ना.३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ८–१० जना गम्भीर रहेका छन् ।
मृत्यकको पहिचान खुल्न सकेको छैन् । एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।









