उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारमा रहेको थापा जडीबुटी प्रशोधन केन्द्रमा आगलागी हुँदा चार करोड बराबरको क्षति भएको छ । विहिबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपत्ता लगायतका जडीबुटी र प्रशोधन केन्द्रको घर जल्दा क्षति भएको हो ।

आगलागी स्थल पुगेका नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले करिव चार करोडको क्षति भएको बताए । ‘तेजपत्ताको जिल्लाकै ठुलो प्रोधन केन्द्र हो, उनले भने, ‘गोदाममा रहेको अधिकाँस तेजपत्ता लगायतका जडीबुटी र प्रशोधन केन्द्रको घर जल्दा चार करोडको क्षति भएको छ ।’
आगलागी स्थलनै पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईले आगलागी भएको क्षतिको विवरण मुल्याँकन गर्न बाँकी भएको भन्दै अनुमानित रुपमा चार करोडको क्षति भएको जानकारी दिए । ‘आगो कसरी लाग्यो भन्ने कारण खुलेको छैन,’ उनले भने, ‘दमकल लगायत, प्रहरी र स्थानीयको सहयोमा आगो नियन्त्रण आएको छ ।’


एसपी राईका अनुसार रहस्यमय तरिकाले आगलागी भएको छ । मुकुर्ची बजार छेउमै रहेको प्रशोधन केन्द्र विद्युत विहिन घरमा छ । एसपी राईले प्रष्ट पार्दै भने, ‘बन्द प्रशोधन केन्द्रमा एक्कासी आगलागी भएको छ, कसैले रिसीवीको कारण आलो लगाई दिएको शंस्का छ ।’
थापा जडीबुटी प्रशोधन केन्द्रका प्रोप्राईटर भरत थापा काठमाण्डौ गएको वेला गोदामा आगो लाग्नु रहस्यमय भएको मुकुर्चीका स्थानीय शिक्षक टेकराज रिखाम मगर बताउँछन । ‘१५ दिन अघिबाट कसैको गोठ, कसैको सुँगुरको खोर आगलागि हुँदै आएको छ,’ उनले भने, ‘विद्युत सर्ट भनौ भने विद्युत जडान भएको छैन, कामदारले लगाए भनौ भने कोही कामदार छैनन्, बन्द गोदाममा आगलागी भएको छ ।’
आगो नियन्त्रणका लागि त्रियुगा नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया