
राजेन्द्र महतो, लहान । सिरहामा नेपाली सेनाको गाडीमा मोटर साइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको मलहनिया चौकमा मंगलबार राति नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिदा सोही नगरपालिका ५ बस्ने सागर कुमार जयसवालको मृत्यु भएको छ ।
रोकि राखेको चोर्हवा गणको नेपाली सेनाको बा.१ ग २४६२ नम्बरको गाडीलाई स.६ प ८०१३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार चालकको घटना स्थलमै ज्यान गएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायव निरीक्षक विकु नायाराण काशिछाबेले बताए ।
बिग्रेको गाडी रोकेको अबस्थामा कुनै ईन्डिकेट नदिई राखिएकोले दुर्घटना भएको स्थानीय बासीहरुले आरोप लगाएका छन् ।









