उदयपुर । उदयपुरको कटारी नगरपािलकाले आग्नी पीडितलाई ९० हजार नगद सहयोग गरेको छ । गत चैत्र १ गते कटारी नगरपालिका १० बेसी गाउँ बस्ने शेरबहादुर सुनुवार, धनबहादुर सुनुवार र विचारी सुनुवारको घर जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुलाई नगरपालिकामै बोलाएर ९० हजार राहत रकम वितरण गरिएको हो ।

शेरबहादुरलाई ४० हजार, धन बहादुरलाई ३० हजार र विचारीलाई २० हजार राहत रकम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाको विपदमा नगर अभियान अन्तर्गत राहत रकम हस्तान्तरण गरेको नगर प्रमुख श्रेठले बताए । आगलागीबाट धनबहादुर र उनका छोरा शेर बहादुरको १० लाख बराबर र विचारीको ८ लाख ५० हजार गरी १८ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको थियो ।
आगलागीबाट धन बहादुर सुनार र उनका छोरा शेर बहादुर सुनुवारको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तल्ले दुई वटा घर, घरमा रहेको नगद, अन्नपात, लत्ताकपडा र ४० वटा बाख्रापाठा जलेर नष्ट भएको थियो ।
यस्तै बिचारी सुनुवारको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तल्ले, घरमा रहेको नगद,अन्नपात, लत्ताकपडा, किरानामा भभएको सामान, नगद, एउटा खशी समेत आगोमा जलेर नष्ट भएको थियो ।












