राजेन्द्र महतो, लहान । सिरहामा अवैध काठ सहित ट्याक्टर पक्राउ परेको छ । गोलवजार नगरपालिकामा रहेको लामा डाँडा सामुदायिक वनले अबैध रुपमा साल जातको काठ काटी बिक्रीको लागि लैजादै गर्दा ट्रयाक्टर सहित काठ पक्राउ गरेको छ ।
सेक्टर वन कार्यालय गोलवजारको रेन्जर काशिन्द्र यादबको नेतृत्वमा खटिएको गस्ती टोलीले अबैध रूपमा काटिएको काठ बोकेको स.१ त ७१७९ नम्बरको ट्रयाक्टरलाई पक्राउ गरेको हो ।

पक्राउ परेको काठ र ट्रयाक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय लहानमा राखिएको छ । वन कार्यालयबाट ईजाजत नलिइ अबैध रुपमा सयौं रुख यस क्षेत्रबाट कटान गरी विक्री वितरण गरिँदै आएको रेन्जर काशिन्द्र यादबले बताएको छ ।
यता डिभिजन वन कार्यालयबाट डालापडा रुखहरु संकलनको लागि लगत लिई पेश गर्ने पत्र पत्राचार भएको योजना शाखाका सहायक वन अधिकृत राज कुमार ठाकुरले बताएका छ्न ।
तर वन कार्यालयबाट कुनै किसिमको ईजाजत दिएको छैन सामुदायिक वनका अध्यक्ष तथा उपभोक्ता आफुखुशीले रुख कटान गरेको र कार्यालयबाट कुनै किसिमको ईजाजत नदिएको सूचना अधिकारी अमरेन्द्र प्रसाद यादबले बताए ।
यता लामा डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आन्नद पाख्रिनले आफ्नो समूहबाट त्यस्तो कुनै रुख नकाटिएको बताए । उनले झाडी सफाईको क्रममा सा साना रुखको हाँगा विगा काटिए पनि कुनै लकडी हुने खालको काठ नकाटिएको बताए ।









