
उदयपुर । उदयपुरमा वन मुद्दामा कैद सजाय सुनाईएका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– २ बस्ने बर्ष ३३ को सुन्दर चौधरी र सोहि ठेगाना बस्ने बर्ष ३५ को राजिन भन्ने राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुन्दरलाई बन मुद्दा ऐन अन्तर्गत ५ महिना कैद र एक लाख ३८ हजर ७५ रुपैया १५ पैसा जरिवाना र राजेन्द्रलाई सोहि मुद्दा अन्तर्गत २० दिन कैद र २३ हजार छ सय रुपैया जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । एसपी राईका अनुसार पक्राउ परेका दुबैलाई उदयपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीको लागि कारागार चलान गरिएको छ ।









