राजेन्द्र महतो, लहान । सिरहा को भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजारबाट नजिकबाट हतियार सहित प्रहरीले एक भारतीय नागरिकलाई बिहीवार राति पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक राजेशकुमार यादव रहेको छ ।
भगवानपुर गाउँपालिका–४ बाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड साथबाट बिहीबार राति पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र सशस्त्र प्रहरी आउट पोस्ट बल, ठाडी इनर्वाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनी बजार नजिक चेक जाँच गर्ने क्रममा यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी आउट पोस्ट बल, ठाडी इनर्वाका सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले जनाएको छ ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।









